काठमाडौं : टेबलटेनिस वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा मनोनित भएका छन् ।
गौतमलाई थाइल्यान्डको बैंककमा भएको युनियनको विशेष साधारणसभाले उपाध्यक्षमा मनोनित गरेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।
सो सधारणसभामा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य सहभागी भएका थिए । गौतमको कार्यकाल भने सेप्टेम्बरदेखि मात्र लागू हुने प्रथम उपाध्यक्ष बज्राचार्यले जानकारी गराए । गौतम दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव पनि हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया