असार २४, २०८२ मंगलबार July 8, 2025

चीनबाट कोरोना परीक्षण ल्याब भएका एम्बुलेन्ससहित ३० टन सामान आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना संक्रमणको उपचारका लागि चीन सरकारले नेपाललाई उपलब्ध गराउने स्वास्थ्य सामग्रीहरुको चिनियाँ पक्षले संकलन सुरु गरेको छ।

चीनका विभिन्न ठाउँबाट सिचुवानको छेन्दुमा संकलन गरी काठमाडौं ल्याउने तयारी भएको हो।

गतहप्ता नेपालले चीन र भारत दुवैतर्फबाट कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको सूची बुझाएको थियो।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने करिब ३० टन सामग्री ल्याउने गरी तयारी भइरहेको बताएका छन।

‘हामीले चाँडोभन्दा चाँडो सामग्री ल्याउने गरी तयारी गरिरहेका छौं। तर चीनका विभिन्न सहरबाट संकलन गर्ने काम भइरहेको छ,’ ती अधिकारीले भने, ‘नेपाली विमान पठाउने कि चिनियाँ विमानबाटै ल्याउने भन्ने टुङ्गो लागिसकेको छैन। स्वास्थ्यमन्त्रालयले यस विषयलाई गम्भीर रुपमा लिएर ताकेता गरिरहेको छ।’

चीनका लागि कार्यवहाक राजदूत सुशील लम्सालले चिनियाँ पक्षले नै विभिन्न स्थानबाट सामग्री संकलन गर्ने काम गरिरहेको बताएका छन।

‘चिनियाँ पक्षले विभिन्न सहरमा संकलन गर्ने काम गर्दैछ। ती सामग्री आपूर्तिका लागि चीन सरकारको स्वीकृति आवश्यक पर्छ,’ लम्सालले नेपालखबरसँग भने, ‘कसरी र कहिले नेपाल ल्याउने भन्ने तय भइसकेको छैन।’

नेपालले चीनसँग तीन तहको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५ मास्क डेढ लाख थान आवश्यक रहेको जनाएको छ।

त्यसैगरी ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत गरेको छ।

भारतबाट समेत सामग्री ल्याउने प्रस्ताव पठाइए पनि दक्षिणी मुलुक आफैँ कोरोना महामारीसँग संघर्ष गरिरहेका कारण चीनबाट चाँडो सामग्री ल्याउन जोड गरिएको छ।

नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक साता लामो लक डाउनको घोषणा गरेलगत्तै नेपालका लागि चिनियाँ राजदूतले सोमबार नेपाल ल्याउने चिकित्सा सामग्रीका लागि संयोजन भइरहेको बताएकी छिन्।

राजदूत होउ यान्छीले ट्विटरमार्फत चिकित्सा सामग्री चाँडै नेपाल ल्याउने बताएकी हुन्। ‘हामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन गर्दैछौं। हामी साथमा छौं,’ उनले लेखेकी छन्।

आफ्नो देशमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा लिन सफल भएको चीन अहिले युरोप र एसियाका देशहरूमा यो प्रकोप नियन्त्रण गर्न सहयोग गरिरहेको छ। इटली, कम्बोडिया लगायतका देशमा चिकित्सकहरू सहितको सहयोग टोली पठाइसकेको चीनले नेपाललाई पनि आवश्यक सहयोग गर्ने बताउँदै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार