काठमाडौंः फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा भव्यताका साथ सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् ।
उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् । समूह (ए) मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह (बी)मा इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स, समूह सी मा अर्जेन्टिना, साउदी अरब, मेक्सिको र पोल्यान्ड र समूह डी मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिया रहेका छन् ।
यस्तै, समूह ुईु मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह ुएफु मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह ुजीु मा ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा समूह ुएचुमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् । फाइनल खेल पुस ३ गते हुनेछ । विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो ।
कतारले १२ वर्षअघि विश्व कप आयोजनाको जिम्मेवारी पाएको थियो । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएको थियो । सन् १९३० देखि सुरु भएको विश्व कपमा अहिलेसम्म ८ वटा देशले मात्रै उपाधि जितेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया