बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका छ जना चितवनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । नेपालमा दोस्रो कोरोना संक्रमित व्यक्तिसँगै कतार एयरवेजबाट आएका छजना जना व्यक्ति चितवन आइपुगेका छन् ।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको विमानबाट नेपाल आएकी एक १९ बर्षीया युवतीलाई संक्रमणको देखिएपछि उनीसँगै बिमानमा आएका छ जना चितवन आइपुगेको जानकारी पाएपछि चितवन प्रहरीले ती व्यक्तिहरुको खोजी सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको चितवन प्रहरी कार्यालय, बिशेष शाखाका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिएका छन।
सो विमानबाट चितवनमा आएकाहरुमा पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला, सुरेश गुरुङ, दीक्षा कँडेल र शम्भु नेपाली रहेका छन् ।

प्रहरीले उनीहरुको नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाई पठाउन प्रशासनसँग आग्रह गरेको छ । उनीहरुमा पनि संक्रमण फैलिन सक्ने आशंकामा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार