काठमाडौं । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।
प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ३२ जनाको मृत्यु भइसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया