असार २८, २०८२ शनिबार July 12, 2025

गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ । यस प्रदेश सभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् ।

विजयी हुनेहरूमा प्रदेश सभामा १२ सिटसहित दोस्रो बनेको नेकपा एमालेबाट सीताकुमारी सुन्दास र पदमा जिसी छन् ।

उनीहरू क्रमशः स्याङ्जा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । यस प्रदेशमा सबैभन्दा १८ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

उक्त दलबाट एक जना पनि महिला उम्मेदवार विजयी भएनन् । यस्तै यहाँ नेकपा माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले एक र एक जना स्वतन्त्र सांसद विजयी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार