असार २८, २०८२ शनिबार July 12, 2025

मधेश प्रदेशबाट प्रतिनिधिसभामा ५३ सांसदको प्रतिनिधित्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)मार्फत  ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना  गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् ।

मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ति निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिकबाट २१ जना सहभागी हुने भएका हुन् ।

२७५ जना रहने प्रतिनिधिसभामा ५३ जना सहभागी भएर मधेश प्रदेशबाट १९.२७ प्रतिशतको प्रतिनिधित्व रहने भएको हो । समानुपातिकबाट  १६ महिला र ५ पुरुष सहभागी हुनेछन् ।

जसमध्ये एमाले र कांग्रेसले मधेश प्रदेशबाट ६–६ जनाको नाम सिफारिस गरेका छन् ।  साथै जनमत पार्टीले तीनजना, माओवादी केन्द्रले दुई, जसपाले दुई जना, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र राप्रपाले एकजनाको नाम सिफारिस गरेको छ । २१ जनामध्ये आदिवासी जनजातिबाट दुईसहित १६ महिला तथा एक दलितसहित पाँचजना पुरुष रहेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार