असार ४, २०८१ मंगलबार June 18, 2024

भारतमा एकै दिन ६ सय कोरोना संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एकै दिन ६ सय भन्दा बढीले बढेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण्ड मन्त्रालयका अनुसार शुक्रबार एकै दिन थप ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै भारतमा कुल संक्रमितको संख्या तीन हजार ८२ पुगेको छ। यस्तै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८६ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

भारतमा संक्रमितको संख्या बढ्नुमा नयाँ दिल्लीको एक मस्जिदमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरुमा संक्रमण फैलिनु रहेको जनाइएको छ ।
भारतमा अहिलेसम्म संक्रमण पुष्टि भएका मध्ये ६४७ जनाको सीधा सम्बन्ध दिल्लीको निजामुद्दिन क्षेत्रमा रहेको तबलिगी जमात मस्जिदमा भएको धार्मिक कार्यक्रमसँग रहेको स्वाथ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

दिल्ली सरकारले सो मस्जिदमा आयोजना गरेको कार्यक्रममा संलग्नहरुलाई कडा कारवाही गर्ने जनाएको छ । अहिलेसम्म भारतका १४ राज्य तथा प्रान्तहरुमा संक्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागलुङको कालिका मन्दिरमा जेठमा मात्रै १८ लाख संकलन
२०८१ असार ४, मंगलबार
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार