असार ४, २०८१ मंगलबार June 18, 2024

जापानमा ६ महिनासम्म आपतकाल घोषणा गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट बच्न संघर्ष गरिरहेको जापानी अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने प्रयासस्वरूप जापानले आर्थिक प्रोत्साहन प्याकेज पनि तयार गरिरहेको रोयटर्स समाचारमा उल्लेख छ ।

अहिलेसम्म जापानमा तीन हजार पाँच सयभन्दा धेरै मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । साथै यसबाट ज्यान गुमाउनेको संख्या पनि ८५ पुगेको छ । अन्य मुलुकको तुलनामा जापानमा यो भाइरसको विस्तार कम हो । तर, पछिल्लो केही समययता भने जापानमा संक्रमितको संख्या भने बढिरहेको छ । विशेषगरी जापानको टोकियोमा उल्लेख्य संख्यामा संक्रमित बढेका छन् । अहिले टोकियोमा मात्र एक हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् ।

जापानको योमिउरी समाचारपत्रका अनुसार सोमबार अबेर जापानी प्रधानमन्त्री सिन्जो आबेले आपतकालको घोषणा गर्नेछन् । क्योडो न्युज एजेन्सीले भने आपतकाल बुधबारदेखि मात्र लागू हुने बताएको छ । आपतकालको घोषणापछि सरकारसँग मानिसहरुलाई आफ्नो घरमा नै बस्न र व्यवसाय बन्द गर्न निर्देशन दिने अधिकार हुनेछ । तर, यसको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । साथै सरकारले यसै साता ठूलो रकमको आर्थिक प्रोत्साहन प्याकेज ल्याउन सक्ने बताइएको छ ।

जापान सरकारका प्रवक्ता योशिहिडे सुगाले अहिलेसम्म सरकारले कुनै निर्णय नगरेको बताएका छन । विशेषज्ञहरुले जापानमा सामाजिक दूरी घटाउने विषयमा आफ्नो पहल नथाले केही समयमा नै उल्लेख्य मात्रामा मुलुकमा संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागलुङको कालिका मन्दिरमा जेठमा मात्रै १८ लाख संकलन
२०८१ असार ४, मंगलबार
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार