असार ४, २०८१ मंगलबार June 18, 2024

एकै अस्पतालका २६ नर्स र तीन चिकित्सकलाई कोरोना पोजिटिभ, अस्पताल बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । विश्‍वभर कोरोनाको महामारी फैलिरहँदा मुम्बईको एक अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

मुम्बईको वोकहार्ट अस्पताल कार्यरत नर्स र चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरिएको छ।

मुम्बईका सरकारी अधिकारीका अनुसार एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कसरी कोरोना देखियो भन्‍ने विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन दिइएको छ।

यसका साथै उक्त अस्पतालभित्र जान र भित्रकालाई बाहिर जान दिइएको छैन। उक्त अस्पतालमा भर्ना गरिएका बिरामीहरुलाई भने दुईपटक कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो। उक्त अस्पतालका २७० बिरामी र नर्सहरुको कोरोना परीक्षण गरिएको छ।

यस्तै अस्पतालका सम्पूर्ण आपत्कालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन्। अस्पतालको क्यान्टिन खुला छ भने सोही क्यान्टिनबाट अस्पतालभित्र रहेका चिकित्सक र नर्सहरुलाई खाना खुवाउने काम भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागलुङको कालिका मन्दिरमा जेठमा मात्रै १८ लाख संकलन
२०८१ असार ४, मंगलबार
ज्येष्ठ शुक्ल एकादशीः राखियो तुलसीको दल
२०८१ असार ४, मंगलबार
सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम सुस्त
२०८१ असार ४, मंगलबार
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी
२०८१ असार ४, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५औँ स्थापना दिवस
२०८१ असार ४, मंगलबार
प्रतिनिधिसभा बैठक: सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड
२०८१ असार ४, मंगलबार
राष्ट्रपतिको स्विटजरल्यान्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
२०८१ असार ४, मंगलबार