कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनीको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो ।

स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६ औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने मुख्य उद्देश्यले प्रदर्शनी गर्न लागिएको सङ्घका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए । नेपालमा उत्पादन भएका जुत्ता चप्पललाई विश्व बजारमा पुर्याउन प्रदर्शनीबाट सहयोग पुग्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने - NepalWatch

अन्तर्राष्ट्रियस्तरको जुत्ताचप्पल मेलाले विदेशमासमेत नेपाली उत्पादन निर्यात गर्न सहज हुने अध्यक्ष घिमिरेले बताए । स्वदेशमा उत्पादित जुत्ता चप्पललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले मेलाको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

सङ्घका उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बञ्जाडेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कच्चापदार्थ, मेशीनरी सप्लायर्स र क्रेता मेलामा सहभागी हुने बताए । “मेलाबाट जुत्ता चप्पलको व्यापार प्रवर्द्धनमा सहयोग पुग्नेछ”, उनले भने। प्रदर्शनीमा नेपालभरका जुत्ताचप्पल व्यवसायसँग सम्बन्धित उद्योगीका लागि कक्ष बुकिङ खुला गरिएको छ ।

तीन दिनसम्म चल्ने उक्त मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । थोक तथा खद्रा व्यवसायीले समेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री शाहको रास्वपा सांसदलाई निर्देशन
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर र मेस एपी अफर पुस ३० सम्म कायम
२०८३ कार्तिक २७, शुक्रबार
Gold and silver prices drop
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त
२०८३ कार्तिक २७, शुक्रबार
चिसापानीगढी दुर्घटनाका मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग
२०८३ कार्तिक २७, शुक्रबार
Nepal stresses recognising mountain region, climate change issue as institutional agenda at COP-31
२०८३ कार्तिक २७, शुक्रबार