श्रावण ५, २०८२ सोमबार July 21, 2025

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक निश्कर्षबिहिन, भोलि दिउस पुनः बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नयाँ सरकार गठनका लागि सहमति खोज्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको आजको बैठक भोलि पुनः बस्ने गरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्रीसँगै राष्ट्रपति लगायत मुख्य पदहरूको बाँडफाँटमा सहमति जुटाउन छलफल केन्द्रित रहे पनि सहमतिमा पुग्न नसकेपछि भोलि पुन बस्ने गरी आजको बैठक टुङ्गिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । दलहरुबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने सहमति हुन बाँकी रहे पनि आगामी सरकार सत्ता गठबन्धन दलकै बन्ने प्रवक्ता कार्कीले बताउनुभयो ।

नेपाली काँग्रेसले निर्वाचन परिणाम आएदेखि नै आगामी सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने जनमत देखिएकाले प्रधानमन्त्री पद पाउनुपर्ने दाबी गर्दै आएको छ भने नेकपा माओवादी केन्द्रले पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पहिलो पालोमा सरकार गठन हुनुपर्ने माग गर्दै आएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित गठबन्धन दलका अन्य शीर्ष नेताहरू सहभागी हुनुभएको थियो ।

हालै सम्पन्न निर्वाचनमा सरकार गठनका लागि कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते अपराह्न ५ बजेभित्र दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न समय दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले दिनुभएको समय सीमा सकिन लाग्दा दलहरूले आन्तरिक र बहुपक्षीय संवाद र छलफललाई तीव्र बनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार