असार २४, २०८२ मंगलबार July 8, 2025

राजकुमार ह्यारीकी पत्नीसँग द सनले यसकारण माग्यो माफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः द सन अखबारले राजकुमार ह्यारीकी पत्नी मेघनको बारेमा जेरेमी क्लार्कसनको स्तम्भ प्रकाशित गरेकोमा खेद व्यक्त गरेको छ । सो स्तम्भलाई लिएर पत्रिकाले ‘इमानदारीपूर्वक क्षमा’समेत मागेको छ ।  गत हप्ता क्लार्कसनले मेघनलाई ‘आधारभूत स्तरमा’ घृणा गरेको लेखेपछि प्रेस नियामकमा  २० हजारभन्दा  बढी उजुरी परेको थियो ।

पछि उनले द सनको वेबसाइटबाट उक्त स्तम्भ हटाउन आग्रह गरेका थिए । उक्त लेख इन्डिपेन्डेन्ट प्रेस स्टयान्र्डड अर्गनाइजेसन (आइपीएसओ)को सबैभन्दा बढी गुनासो गरिएको लेख बनेको थियो । लेखलाई लिएर मंगबारसम्म २० हजार ८ सय गुनासा आएका थिए ।

गुनासा बढेपछि लेखकले ‘भविष्यमा बढी साबधानी’ दर्शाउने बताएका थिए पनि पत्रिकाले लेखको सामग्री लेखकका नितान्त व्यक्तिगत विषय भएको बताएको थियो । १६ डिसेम्बरमा प्रकाशित क्लार्सनको स्तम्भ सामाजिक सञ्जालमा पनि व्यापक आलोचित भएका थियो ।

लेखककी छोरी एमिलीले पनि आफ्नो बुबाको बिचारसँग आफू असहमत भएको बताएकी थिइन् । उनले गत हप्ता भनेकी थिइन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि म मेरो बुबाले मेघन मर्केलको  बारेमा लेखेका सबै कुराको विरुद्धमा उभिन चाहन्छु । ’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार