कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

व्यावसायिक अण्डाबाट मनग्य आम्दानी गर्दै श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्लाका धेरैजसो युवाहहरु रोजगारीका लागि विदेश पलायन हुने लहर नै चलेको छ । स्वदेशमा रोजगारी नपाएको र स्वरोजगार बन्ने वातावरण समेत नभएको भन्दै धेरै युवायुवतीहरू विदेशमा पैसासँग श्रम पसिना साटी रहेका छन् । तर सल्यानका त्रिवेणी गाउँपालिका ६ लुहामका ४६ वर्षीय अर्जुन श्रेष्ठले भने कुखुराको अण्डा बिक्री गरेर स्वदेशमै मनग्य आम्दानी गर्दै आइरहनु भएको छ ।

व्यावसायिक अण्डा उत्पादन गर्दै आउनु भएका श्रेष्ठले दैनिक १० हजार बढी आम्दानी गर्दै आउनु भएको छ । लेर्यस जातका कुखुरा पालन गर्नु भएका श्रेष्ठले दैनिक २६ क्यारेट अण्डा उत्पादन गर्दै आउनु भएको छ । प्रति क्यारेट ४०० सयका दरले बिक्री वितरण भइरहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘अहिले मसँग लेर्यस जातका झन्डै १ हजार कुखुरा छन् जसमध्ये अधिकांशले अण्डा दिँदै आइरहेका छन् । ती कुखुराबाट दैनिक २६ क्यारेट अण्डा उत्पादन हुँदै आइरहेको छ ।’

जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरी रहेको बताउँदै उहाँले अहिले मासिक ३ लाख १२ हजार बराबर आम्दानी भइरहेको बताउनु भयो । विगत ७ वर्षदेखि व्यावसायिक अण्डा उत्पादन गर्दै आउनु भएका उहाँले बजारीकरणको खासै समस्या नभएको बताउनु भयो । बाह्रय जिल्लाबाट आएको अण्डासँग प्रतिस्पर्धा गर्नु पर्दा केही समस्या भएपनि आज बिक्री भएन भन्नु नपरेको बताउनु भयो । उहाँले भन्नु भयो ‘चल्ला राखेको मितिले २० सातापछि अण्डा दिनु सुरु गर्छ । १८ महिनासम्म निरन्तर अण्डा दिइरहन्छ । त्यसपछि कुखुरा बिक्री गर्नु पर्दछ ।’

अण्डा उत्पादन गर्ने कुखुरा पाल्नका लागि त्यति सजिलो नभएको उहाँको अनुभव छ । जति गाह्रो भएपनि आम्दानीको पैसा हातमा पर्दा खुसी लाग्ने गरेको बताउनु भयो ।

गाउँपालिकाले युवालाई लक्षित गरेर विभिन्न खाले सहयोग गरिएको जनाएको छ । गाउँपालिका भित्रका युवाहरूमा कृषि प्रतिको मोह बढेको त्रिवेणी गाउँपालिका पशुसेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो । पालिकाले किसानलाई प्रविधि सहयोगसँगै अनुदानको पनि व्यवस्था गरेको उहाँको भनाई छ । स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरूमा कृषिप्रतिको मोह बढ्दै गएको गाउँपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री शाहको रास्वपा सांसदलाई निर्देशन
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर र मेस एपी अफर पुस ३० सम्म कायम
२०८३ कार्तिक २७, शुक्रबार
Gold and silver prices drop
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त
२०८३ कार्तिक २७, शुक्रबार
चिसापानीगढी दुर्घटनाका मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग
२०८३ कार्तिक २७, शुक्रबार
Nepal stresses recognising mountain region, climate change issue as institutional agenda at COP-31
२०८३ कार्तिक २७, शुक्रबार