असार २८, २०८२ शनिबार July 12, 2025

मधेश प्रदेशसभा सदस्यको शपथ पुस १५ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेशसभामा नवनिर्वाचित हुनुभएका प्रदेशसभा सदस्यहरूको शपथग्रहण पुस १५ गते हुने भएको छ ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित कुमार यादवले आज बोलाउनुभएको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ः०० बजे प्रदेशसभा सदस्यका शपथ ग्रहण गराउने निर्णय भएको छ ।

मधेश प्रदेशमा निर्वाचित १० दलका प्रतिनिधिहरू सहभागी बैठकबाट शपथ ग्रहणको मिति तय गरेको प्रदेशसभा सचिवालयका निमित्त सचिव यादवले जानकारी दिनुभयो । मधेश प्रदेशमा रहेका सबैभन्दा ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले शपथ ग्रहण गराउनु हुने कार्यक्रम रहेको छ ।

प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण अघि ज्येष्ठ सदस्य न्यौपानेले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्नुहुने छ ।  न्यौपाने ७१ वर्षको हुनुहन्छ ।

मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमालेले प्रत्यक्ष तथा समानुपातिकतर्फ २३ सिट, नेपाली काँग्रेस २२, जनता समाजवादी पार्टीले १६ सिट, जनमत पार्टीले १३ सिट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ९ सिट, नेकपा माओवादी केन्द्रले ८ सिट, नेकपा एकीकृत समाजवादीले ७ सिट जितेको छ ।

यस पटक प्रत्यक्षमा एक सिट पनि नजिते पनि समानुपातिकतर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट, नेपाल संघीय समाजवादी पार्टीको १ सिट र नागरिक उन्मुक्ति पार्टीको १ सिट रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार