श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेसले केन्द्रीय समितिको बैठक पुष २२ गते बोलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक सूचना जारी गर्दै यही पुष २२ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाएको जानकारी दिएका छन् ।

बैठक ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा र सममसायिक विषय तथा राजनीतिक सन्दर्भका प्रस्तावमा छलफल हुने विज्ञप्तीमा जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया