श्रावण ५, २०८२ सोमबार July 21, 2025

जसपा संसदीय दलको नेतामा अशोक राई र राजकिशोर यादव भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ ।

मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको थियो । दलको नेताका रुपमा संघीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी छ ।

जसपाले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ । आउँदो १८ र १९ गते राजनीतिक समितिको बैठक बस्ने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया