काठमाण्डौं : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ । दलको नेतामा सहमति जुट्न नसकेपछि आज हेटौडामा २ देखि ३ बजेसम्म मतदान हुन लागेको हो ।
निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले सार्वजनिक गरेको निर्वाचनको कार्यतालिका अनुसार मतदान सकिए लगत्तै गणना हुने र आजै मतपरिणाम सार्वजनिक हुनेछ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र बहादुर लामाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
मंगलबार मतदाता नामावली प्रकाशन गरिएको थियो । बेलुुका ४ बजे अन्तिम नामावली प्रकासित गरिएको हो ।
बिहान १० बजे उम्मेदवारको नामावली प्रकाशन र आजै दिउँसो २ बजेदेदि ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।
स्मरण रहोस, प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार लामा मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा झरेर नुवाकोट २ को ख बाट भारी मतका साथ निर्वाचित भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया