श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेस बागमती संसदीय दलको नेताका लागि बानियाँ र लामाद्धारा उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गरेका छन्। हेटौंडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर दुबैजनाले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको समय बिहान् ८  बजेदेखि १० बजेसम्म रहेको थियो ।

कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् । यसैगरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामाको उम्मेदवारी दर्ताका लागि सांसद कुन्दनराज काफ्ले प्रस्तावक रहेका छन् भने समर्थकमा उर्मिला नेपाल, तिर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहेका छन् ।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिती गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ । मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म संचालन हुने निर्वाचन समितीका संयोजक महर्जनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया