श्रावण ५, २०८२ सोमबार July 21, 2025

एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी हुने भएको हो ।

मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो । यस्तै बुधबार बिहानै ललितपुरमा एकीकृत समाजवादीका एक नेताको घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच गोप्य भेटवार्ता भएको छ ।

अहिले खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भइरहेको छ । त्यसअघि प्रचण्ड, ओली र नेपालबीच पनि वार्ता भएको दाबी स्रोतको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे नेकपा एकीकृत सकारात्मक देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया