असार २८, २०८२ शनिबार July 12, 2025

बागमतीका नवनिर्वाचित सांसदहरुको शपथ आज, १५ जनाले मात्रृभाषामा शपथ लिने

नवनिर्वाचित सांसदहरुले बागमती प्रदेशसभा सचिवालय हेटौंडामा २ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूलाई आज दिउँसो २ बजे पद तथा गोपनियताको शपथग्रहण गराइने भएको छ ।

नवनिर्वाचित सांसदहरुले बागमती प्रदेशसभा सचिवालय हेटौंडामा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । उनीहरुलाई शपथका लागि आइतबार नै सुचना जारी गरिएको थियो ।

११० सदस्यीय सांसदहरु निर्वाचित बाग्मतीमा १०९ जना सांसदहरुले आज शपथग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने कार्यक्रम छ । सांसद ढुंगानाले बुधबार नै प्रदेश प्रमुखद्वारा शपथ गराइएको थियो ।

शपथमा आउँदा अनिवार्य रुपमा राष्ट्रिय वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा आउन निर्वाचन आयोगले सार्वजनिक सुचना जारी गरेको थियो । त्यस्तै सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन पनि सुचनामार्फत जानकारी गराइएको थियो ।

यस्तै, १५ जना सांसदले मातृभाषामा शपथ लिन नाम टिपाएका छन् । जसमा ११ जनाले नेवारी र ३ जनाले तामाङ भाषामा शपथ लिन नाम टिपाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार