बैसाख १६, २०८३ बुधबार April 29, 2026

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश वितरण गर्ने

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस शेयर वितरण गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लुम्बिनी जनरल इन्सुरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरूलाई कम्पनीको चुक्ता पूंजी एक अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० को ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित वित्तीय विवरणहरू नियामक निकाय नेपाल बिमा प्राधिकरण र लुम्बिनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया