काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेट वार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आङ्देम्बे र अर्यालयबीच भेटवार्ता भइरहेको हो ।
भेटवार्तामा आङ्देम्बेले कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय र सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफलबारे सभामुखलाई जानकारी गराउने छन् ।
सोमबारको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड लगायत सकारका विवादित सबै विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो । जसका लागि जतिसक्दो छिटो संसद् बैठक बोलाउनुपर्ने माग कांग्रेसको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया