कार्तिक १६, २०८३ सोमबार November 2, 2026

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग र अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १६ कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताउनुभयो ।

सन् २०२६ को अगस्टमा रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि स्विट्जरल्यान्डका राष्ट्रपति गाई पार्मेलिन, राष्ट्रिय परिषद्का अध्यक्ष महामहिम पेज तथा स्वीस सङ्घीय परराष्ट्र विभागबाट नेपाल सरकार र नेपाली जनताप्रति व्यक्त गरिएको समवेदना सन्देशका लागि सभामुख अर्यालले आभार व्यक्त गर्नुभयो ।

उहाँले विपद्का बेला स्विट्जरल्यान्डले प्रदान गरेको ऐक्यबद्धता, मानवीय सहायता, कन्सुलर सहयोग तथा खोज तथा उद्धारसम्बन्धी सहयोगको उच्च प्रशंसा गर्नुभयो । साथै, मानवीय राहत तथा उद्धार प्रयासमा सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसङ्घमार्फत स्विस सरकारले उपलब्ध गराएको २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायताका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल स्विस विकास तथा सहयोग निकायका प्राथमिकता प्राप्त देशमध्ये एक रहेको उल्लेख गर्दै सभामुख अर्यालले स्विस विकास सहकार्यले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले आगामी दिनमा नेपालसँगको विकास सहकार्यको दायरा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले हालै गठित आठ सदस्यीय नेपाल-स्विस संसदीय मैत्री समूहमार्फत दुई देशबीचको संसदीय सम्बन्ध, सहयोग र अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजले नेपालको विकासका लागि स्विट्जरल्यान्ड सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालजस्तो प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकमा प्रकृतिप्रदत्र् हिमाल र जलस्रोतको सदुपयोग गरी जलविद्युत् क्षेत्रको विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार