असार २८, २०८२ शनिबार July 12, 2025

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यले लिए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार १ बजे प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका थिए । रावललाई प्रदेश प्रमुखको कार्यालयमै शपथ गराइएको थियो ।

त्यसलगत्तै प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेश सभामा शपथ गराइएको हो । प्रदेश प्रमुखबाट शपथ खाएका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभाका बाँकी ५२ जना सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथपछि प्रदेशसभा सचिवालयले चियापनको अयोजना गरेको थियो ।

६ जनाले लिए मातृ भाषा र स्थानीय पहिरनमा शपथ

मंसिर ४ गते सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये ६ जनाले मातृ भाषा र स्थानीय पहिरनमा शपथ लिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित पाँच जना तथा नेपाली कांग्रेसबाट निर्वाचित एक जना सदस्यले मातृ भाषामा शपथ लगेका हुन् ।

मातृभाषमा शपथ लिनेमा कैलाली क्षेत्र नम्बर १ प्रदेशसभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेशसभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा १ का घनश्याम चौधरी र २ का खुशी राम डगौरा थारूसँगै कांग्रेसबाट समानुपातिक तर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले स्थानीय भाषाका लागि निवेदन दिएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार