असार २४, २०८२ मंगलबार July 8, 2025

तीन जनामा कोरोना संक्रमण देखिए पछि सनसिटी अपार्टमेन्ट सिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टलाई प्रहरीले सिल गरेको छ। प्रहरीले अपार्टमेन्टभित्र छिर्न र त्यहाँबाट बाहिर निस्कन दिएको छैन।

सनसिटीमा बस्दै आएका तीन जनामा र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रहरीले त्यस क्षेत्रलाई बन्द गरी निगरानी बढाएको हो। विदेशबाट आएका मानिसलाई र्‍यापिड टेस्ट गर्ने क्रममा अपार्टमेन्टको १५ औँ तलामा बस्दै आएका तीन जनामा प्रारम्भिक चरणमा कोरोना संक्रमण देखिएको हो।

पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले उनीहरुमा र्‍यापिड टेस्ट किटबाट जाँच्दा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपछि पीसीआर विधिबाट पुष्टि गर्न उनीहरुको नमूना टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।

उनीहरुलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ। बुबा, छोरा र बुहारीलाई संक्रमणको आशंका गरिएको हो। तीनै जना गत चैत ५ गते बेलायतबाट फर्किएका थिए। सनसिटी अपार्टमेन्टमा करिब पाँच सय परिवार बस्छन्। अपार्टमेन्टका पाँच वटा बिल्डिङ छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार