असार २४, २०८२ मंगलबार July 8, 2025

सनसिटीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले पुष्टि गरेको छ। अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

सनसिटीमा बस्दै आएका तीनजनामा र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमूना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो। दुईजनाको रिपोर्ट पोजेटिभ आएको र एकजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यद्यपि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख रुना झाले भनिन्, ‘मैले नैतिकताका आधारमा यसको जानकारी दिन मिल्दैन।’

त्यस्तै, पाटन अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्मा पनि आफूलाई यसबारे थाहा नभएको भन्दै पन्छिए।

विदेशबाट आएका मानिसलाई र्‍यापिड टेस्ट गर्ने क्रममा अपार्टमेन्टको १५ औँ तलामा बस्दै आएका बुबा, छोरा र बुहारी गरी तीनजनामा प्रारम्भिक चरणमा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ।

तीनै जना गत चैत ५ गते बेलायतबाट फर्किएका थिए। सनसिटी अपार्टमेन्टमा करिब पाँच सय परिवार बस्छन्। अपार्टमेन्टका पाँच वटा बिल्डिङ छन् । सो अपार्टमेन्ट अहिले सिल गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार