असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा कोरोना संक्रमितको संख्या ११ हजार भन्दा बढी, ३७७ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार भन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको बुधबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ११ हजार ४३९ पुगेको छ ।

भारतमा अहिलेसम्म कोभिड–१९ बाट ३७७ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा सबैभन्दा बढी २६ सय ८७ जना संक्रमित भएका छन् । सो राज्यमा अहिलेसम्म १७८ जनाको मृत्यु भएको छ।

यस्तै दिल्लीमा अहिलेसम्म १५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ३० जनाको मृत्यु भइसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया