असार २८, २०८२ शनिबार July 12, 2025

मधेश प्रदेश : २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

२८ पुसभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुमा आह्वान गरेका छन् ।

प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

‘मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधान धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८९/९/२८ बिहीबार बेलुका ४ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ,’ प्रदेश प्रमुख कार्यालयका सचिव राजेन्द्र पराजुलीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया