असार ३२, २०८२ बुधबार July 16, 2025

उत्तरी युगान्डामा ट्रक र बस ठोक्किँदा १६ जनाको मृत्यु

उत्तरी युगान्डामा सडक दुर्घटनाको संख्या बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी युगाण्डाको ओयाम जिल्लामा  यात्रुबाहक बस र  ट्रक  ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

राजधानी कम्पालाबाट गुलु जाँदै गरेको यात्रु बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको घटनास्थलमै मृत्यु भएको पाइएको थियो भने अन्य चार जना उपचारका क्रममा मृत्यु  भएको बताइएको छ ।
दुर्घटनाको कारण  बारे भने अनुसन्धान जारी छ ।

पछिल्लो समय  यहाँ सडक दुर्घटनाको संख्या बढ्दै गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया