असार २४, २०८२ मंगलबार July 8, 2025

अहिलेसम्म देशभर १५ हजार ८ सय जनाको कोरोना परीक्षण,देशभर १३ जना रेडजोनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म देशभर कुल १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको जनाएको छ।

यसमा पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्‍यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन्।

यस्तै गत चौबीस घन्टामा कुल २ हजार ८ सय ९४ जनाको परीक्षण भएको छ।

डा. देवकोटाले अहिलेसम्म देशभर ५ हजार ५ सय १४ जना क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन। यस्तै आइसोलेसनमा भने ११७ जना छन्, जसमध्ये उपत्यकामा ११ जना र उपत्यकाबाहिर १०६ जना छन्। देशभर रेडजोनमा भने १३ जना रहेको उनले जानकारी दिएका छन। डा.देवकोटाका अनुसार देशका अधिकांश जिल्लामा र्‍यापिड टेस्ट सुरु भइसकेको छ भने १४ वटा जिल्लामा अझै सुरु हुन बाँकी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार