असार ३२, २०८२ बुधबार July 16, 2025

क्रामातोस्र्कमा रूसी आक्रमण हुँदा कम्तीमा छ सय युक्रेनी सैनिकको मृत्यु : रूसी रक्षा मन्त्रालय

युक्रेनी सैनिकमाथि भएको आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मस्कोले माकिभकामा मारिएका ८९ रुसी सैनिकको मृत्युको बदला लिन आफ्नो सेनाले ‘जवाफी हमला’ गरेको जनाएको छ । उक्त आक्रमणमा ६००भन्दा बढी युक्रेनी सुरक्षा अधिकारी मारिएको बताइएको छ ।

रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्रामातोस्र्कका दुई भवनमा तैनाथ युक्रेनी सैनिकमाथि भएको आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको छ ।” पछिल्लो रूसी आक्रमणबारे समाचार तयार पार्दासम्म स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन ।

Russian defence minister's fleeting reappearance adds to mystery |  Financial Times

शनिबार डोनेट्स्कको पूर्वी क्षेत्रमा रहेको क्रामातोस्र्कमा मध्यरातअघि कम्तीमा चारवटा विस्फोटको आवाज सुनेको एएफपीका एक पत्रकारले बताएका छन् । दुवै देशमा शनिबार अर्थोडक्स क्रिसमस मनाइएको थियो । उक्त अवसरमा रूसले युक्रेनमाथिको आक्रमणलाई अस्थायीरूपमा ३६ घण्टाका लागि रोकेको घोषणा गरेको थियो ।

रूसी रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर यहाँको गुप्तचर निकायले ‘विगत २४ घण्टामा’ क्रामातोस्र्कमा युक्रेनको सशस्त्र बलको अस्थायी तैनाथीको पुष्टि गरेको जनाएको छ ।

दुई भवनमा युक्रेनका एक हजार ३०० भन्दा बढी सैनिक राखिएको मस्कोले दाबी गरेको छ । यसअघि आइतबार डोनेट्स्क क्षेत्रीय प्रशासनका प्रमुख पाभ्लो किरिलेन्कोले रूसले क्रामातोस्र्कमा सातवटा रकेट आक्रमण गरेको बताउनुभएको थियो ।

 

रूसले आक्रमणबाट ६०० युक्रेनी सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा सुरक्षा अधिकारी घाइते भएको बताएको छ । भवनबाहेक ‘एउटा शैक्षिक संस्था, औद्योगिक केन्द्र र केन्द्र’ मा क्षति पुगेको तर कुनै हताहत भने नभएको रूसले दावी गरेको छ ।

नयाँ बर्ष शुरू भएपछि युक्रेनले पूर्वी शहर माकिवकामा ब्यारेकको रूपमा रूसी सेनाले प्रयोग गरिरहेको भवनमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा ८९ रूसी सेनाको मृत्यु भएको बताइएकोे थियो ।

रूसले युक्रेनी आक्रमणमा परी ८९ सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस र युक्रेनमा जनवरी ७ तारिखका दिन मनाइने क्रिसमस मनाउनका लागि ३६ घण्टे युद्धविरामको घोषणा गर्नुभएको थियो । युक्रेनी स्थानीय समयअनुसार शनिबार राति ११ बजेपछि एकतर्फी युद्धविराम अन्त्य भएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया