काठमाडौँ । काठमाडौँको बुढालिनकण्ठमा इटालीबाट फर्केकी एक महिलामा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ।
३१ वर्षीय ती महिलालाई पिसिआर परीक्षणका लागि टेकु अस्पताल पठाइएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललेले जानकारी दिएका छन ।
मेयर खरेलका अनुसार ती महिला चैतको पहिलो साता इटालीबाट फर्केकी थिइन् ।
इटालीबाट फर्केपछि २१ दिन घरमै क्वारेन्टाइनमा बसेको र त्यसपछि कुनै लक्षण नदेखिएपछि सामाजिक गतिविधिमा पनि संलग्न भएको पाइएको मेयर खरेलले बताएका छन ।
‘२१ दिन क्वारेन्टाइन बसेको तर त्यसपछि भने आफन्त र छिमेकीसँगको संसर्गमा रहेको पाइएको छ’, मेयर खरेलले भने, ‘पिसिआरमा पनि पोजेटिभ पाइएपछि टोल सिल गरेर थप सतर्कता अपनाउने तयारी गरेका छौँ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया