काठमाण्डौंः चीनको सेनाले आइतवार ताइवान वरिपरि सैन्य अभ्यास गरेको बताएको छ । यो एक महिनाभन्दा कमको अवधिमा दोस्रो अभ्यास हो ।
सेनाले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा ‘संयुक्त लडाई तयारी गस्ती र वास्तविक लडाई अभ्यास’ आयोजना गरेको जनमुक्ति सेनाकोे पूर्वी थिएटर कमाण्डले आइतवार ढिलो एक विज्ञप्तिमा भनेको छ ।
उक्तअभ्यासको ताइपेयले विरोध जनाएको छ । गत वर्ष अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच विवाद चर्किएको छ ।
ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश मान्दै आएको छ भने बेइजिङले त्यसलाई आफ्नो महत्वपूर्ण भूमि ठान्छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया