असार २८, २०८२ शनिबार July 12, 2025

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

माओवादी संसदिय दलका नेता जम्कट्टेल बने बागमती प्रदेशको मुख्यमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बागममती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ उपधारा (२) बमोजिम उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

कुनै पनि दलकाे स्पष्ट बहुमत नपुगेपछि उनले विभिन्न दलकाे सहयाेगमा बहुमत सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे दाबी गरेका थिए ।

११० सदस्यीय रहेको बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद रहेका छन् । सरकार गठनका लागि यो संख्या बहुमत हो ।

सत्ता साझेदार दलबीच आइतबार भएको सहमतिअनुसार ७ प्रदेशमध्ये एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी पुरै कार्यकाल र माओवादीले कर्णाली, आलोपालोअन्तर्गत बागमतीमा (पहिला माओवादी) सुदूरपश्चिममा (दोस्रो कार्यकाल) सरकारको नेतृत्व गर्ने भएका छन् ।

एमालेले नेतृत्व गरेका प्रदेशमा माओवादीबाट सभामुख र माओवादीले सरकारको नेतृत्व गरेका प्रदेशमा एमालेका सभामुख हुने भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया