असार २८, २०८२ शनिबार July 12, 2025

नन्दा गुरुङ बनिन् कर्णाली प्रदेशको सभामुख

समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य हुँदै सभामुखको फड्को मारिन गूरुङले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेशसभाका सभामुखको निर्वाचनमा  नन्दा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।

एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा  एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ३९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य थिइन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया