असार १२, २०८१ बुधबार June 26, 2024

कोभिड-१९ विरुद्धको मेडिकल उपकरण र औषधि बनाउन नासा द्धारा टास्क फोर्स गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कोरोना भाइरस (कोभिड१९) विरुद्धको मेडिकल उपकरण बनाउन टास्क फोर्स गठन गरेको छ।

नासाको आर्मस्ट्रङ फ्लाइट रिसर्च सेन्टरले एन्टीलोप भ्याली अस्पताल, द सिटी अफ लानकास्टर, भर्जिन ग्यालेक्टिक, द स्पेसशीप कम्पनी र एन्टीलोप भ्याली कलेजसँग सहकार्य गर्दै कोरोनाविरुद्धको नयाँ उपकरण बनाउन लागि परेको हो।

नासाका प्रशासन प्रमुख जिम ब्राइडेनस्टाइनले भनेका छन्, ‘ नासासँग धेरै वैज्ञानिक इन्जिनियर र अनुसन्धानकर्ताहरु धेरै छन्। हामी पनि समाजको सदस्‍य र छिमेकी अनि राष्ट्रका नागरिक हौ।यस्तो महामारीको अवस्थामा छिमेकी, समाजको र राष्ट्रको नागरिकै हैसियतले केही योगदान गर्न चाहन्छौँ।’

उनका अनुसार मेडिकल क्षेत्रमा दक्षता हासिल गरेकाहरुले कोरोनाको विशेष उपकरणका लागि काम गर्नेछन् जसले आपत्तकालमा स्वास्थ्य संस्थालाई चाहिने आवश्यक उपकरण प्रदान गर्न सजिलो बनाउनेछ।

सुरुमा उनीहरुले बनाएको अक्सिजन बक्सको प्रोटोटाइप अहिले काम गरिरहेको अवस्थामा भएकाले थप ५ सय वटा उत्पादन गर्ने बताएको छ।

यसका साथै नासाले फ्रन्टलाइनमा बसेर काम गर्ने चिकित्सकहरुलाई लागि सुरक्षित उपकरण बनाउने प्रतिबद्धता व्‍यक्त गरेका छन् । भर्जिन गालाक्टिकका कार्यकारी प्रमुख जर्ज ह्वाइटसाइडस्‌ले भनेका छन्, ‘ हामीले आफ्नो दक्षता, सीप र सहकार्य गरेर क्षेत्रीय अस्पतालहरुलाई चाहिने मेडिकल सामग्रीहरु बनाउनेछौ। यसले आपत्तकालिन अवस्थामा धेरै काम दिनेछ खास गरी विरामीलाई बचाउन अस्पतालमा काम गर्ने चिकित्सक कर्मचारीहरुका लागि।’

नासाको इन्जिनियरहरुले बनाएको उपकरणलाई माइक बुटिङगिग नााम दिएका छन्। यो कोरोनाका विरामीका लागि अक्सिजन तान्‍ने बक्स हो। जसले कोरोनाका विरामीहरुलाई श्‍वास फेर्न गाह्रो हुँदा भेन्टिलेटरको काम गर्छ। यो उपकरणले विरामीको फोक्सोले काम गर्न नसक्दा विशेष सहायता गर्छ।

यो उपकरणलाई नासाका इन्जिनियर एलेन पार्कर र उसको टीमले आर्मस्ट्रङले बनाएको हो। उक्त उपकरणबारे पार्करले भनेका छन्, ‘ यो उपकरणले कोरोनाको विरामीको दूषित हावाहरु बाहिर निकाल्नेछन् र स्वास्थ्य संस्थामा काम गर्नेहरुले कम जोखिममा काम गर्न पाउनेछन्।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वृद्धि भएको शुल्क कार्यान्वयन गर्न नदिए सबै शिक्षालय बन्द गर्ने घोषणा
२०८१ असार १२, बुधबार
सर्वसम्मत नेतृत्वका लागि सबैभन्दा सजिलो र उपयुक्त मै हो भन्ने लाग्छ : घनश्याम भुषाल, (अन्तवार्ता)
२०८१ असार १२, बुधबार
क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरको सम्मान, एक लाख नगद पुरस्कार प्रदान
२०८१ असार १२, बुधबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु
२०८१ असार १२, बुधबार
पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन गाउँमै ‘स्क्रिनिङ’ शिविर
२०८१ असार १२, बुधबार
केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो
२०८१ असार १२, बुधबार
उपभोक्ताको स्वास्थ्य र गुणस्तरका बारेमा स्पष्ट धारणा आउनु पर्छ- कांग्रेस
२०८१ असार १२, बुधबार