असार २८, २०८२ शनिबार July 12, 2025

लुम्बिनी उपसभामुखका लागि आज चुनाव, नागरिक उन्मुक्ति पनि मैदानमा

उपसभामुखका लागि आज हुने चुनावका लागि काँग्रेस, राप्रपा र नागरिक उन्मुक्तिद्धारा उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशको उपसभामुखका लागि आज मंगलबार निर्वाचन हुँदैछ । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध भइसकेका छन् ।

उपसभामुखका लागि आज हुने चुनावका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

सत्ता गठबन्धनले उपसभामुखमा राप्रपाका केसीलाई समर्थन गर्ने निर्णय गरे पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवार सारेको छ ।

गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमति भएको थियो । नागरिक उन्मुक्तिले प्रदेश सरकारमा कम्तीमा दुई मन्त्रालयमा दावी गर्दै आएको छ ।

गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४ तथा जसपा, लोसपा र जनमतका ३-३ प्रदेश सभा सदस्य छन् । दुई स्वतन्त्र सांसद छन्  । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया