काठमाडौंः संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने तालिका तय गरिएकाे छ ।
यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत गर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया