असार २८, २०८२ शनिबार July 12, 2025

सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा एमालेकी कोइलीदेवी चौधरी बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा नेकपा एमालेका कोईली देवी चौधरी निर्वाचित भएकी छिन्।

आज साँझ बसेको प्रदेश सभा बैठकमा भएको निर्वाचनमा चौधरीले २८ मत प्राप्त गरेकी थिइन्। उनको विपक्षमा  नेकपा एकिकृत समाजवादीका माया पन्तले २३ मत पाएकी थिइन् ।

चौधरीले पाएको २८ मत प्रदेश सभा सदस्यको बहुमत भएकाले उनी उपसभामुखमा निर्वाचित भएको सभामुख भीम बहादुर भण्डारीले घोषणा गरेका थिए ।

नेकपा एमालेका १०,माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तीका ७ र राप्रपाका १ प्रदेश सभा सदस्यको मत कोईली देवी चौधरीले प्राप्त गरिन। सभामुख भण्डारी मतदान प्रक्रियामा सहभागी भएनन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया