बैसाख ५, २०८३ शनिबार April 18, 2026

पत्रकारिता क्षेत्रले एउटा नक्षत्र गुमायोः अध्यक्ष पोखरेल

स्व. पौडेलको निधनबाट समाज, पत्रकारिता क्षेत्र र पत्रकारले एक नक्षत्र गुमाएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले विमान दुर्घटनामा महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका पोखरेली पत्रकार त्रिभुवन पौडेलको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखामा आज स्व. पौडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रममा पोखरेलले पौडेलको निधनबाट समाज, पत्रकारिता क्षेत्र र पत्रकारले एक नक्षत्र गुमाएको उल्लेख गरे । ‘पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाउनुभएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । दुःखद् घटनामा एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकारलाई अल्पायुमै गुमाउन पुग्यौँ, महासङ्घले उदीयमान पत्रकार नेता गुमाएको छ,’ पोखरेलले भने ।

अध्यक्ष पोखरेलले विमान दुर्घटनाका यस्ता घटना भविष्यमा हुन नदिन राज्य र राज्यका संरचनाले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । स्व. पौडेलको निधनमा महासङ्घले १३ दिनसम्म शोकसभाबाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने अध्यक्ष पोखरेलले जानकारी दिए ।

महासङ्घ कास्की शाखाकी अध्यक्ष विमला भण्डारीले पौडेलको निधनले सबै सञ्चारकर्मीलाई शोकाकुल बनाएको बताइन्  । पौडेलकै अग्रसरतामा शाखाको सुविधासम्पन्न भवन निर्माणलगायतका काम सम्पन्न भएको उनले स्मरण गरिन् ।

यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज दुर्घटनामा परी पोखराका पत्रकार पौडेल र अनिल शाहीसहित ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकामध्ये हालसम्म एक जनाबाहेक अन्यको शव फेला परेको छ ।

पौडेलको शव परिवारले पहिचान गरेपछि सोमबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी आज बिहान परिवारलाई हस्तान्तरण गरिएको थियो । अर्का पत्रकार शाहीको शव यहाँ पहिचान नभएपछि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

स्व. पौडेलको अन्त्येष्टिअघि पार्थिव शरीर पत्रकार महासङ्घमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

स्व. पौडेलप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका मन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, पत्रकार महासङ्घका अध्यक्ष पोखरेल, निर्वतमान अध्यक्ष गोविन्द आचार्य, महासचिव रोशन पुरी, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, प्रदेशसभाका सदस्य, राजनीतिक दलका नेता, सञ्चारकर्मी, उद्योगी एवं पर्यटन व्यवसायीलगायतले सयौँले श्रद्धाञ्जलि अर्पण गरे । पौडेलको शवयात्रासहित रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् तपाईंको आजको राशिफल
२०८३ बैसाख ५, शनिबार
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार