असार २८, २०८२ शनिबार July 12, 2025

कर्णालीको उपसभामुखका लागि उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेश सभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा सचिवालयमा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ दलबाट माओवादी केन्द्रका यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ। गठबन्धनको भागबन्डामा उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया