असार २८, २०८२ शनिबार July 12, 2025

कर्णाली प्रदेशकाे उपसभामुखमा माओवादी नेतृ यसोदा न्यौपाने निर्वाचित

माओवादी केन्द्रकी नेतृ यसोदा न्यौपाने बनिन् कर्णाली प्रदेशकाे उपसभामुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेश सभाको आज भएको उपसभामुख पदको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ यसोदा न्यौपाने विजयी भएकी छिन् ।

४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्यहरू सहभागी थिए ।

ती प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा २४ र विपक्षमा १४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन् । उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया