असार २८, २०८२ शनिबार July 12, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासकाे मत

नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले गिरीको विपक्षमा मतदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।

दाङको देउखुरीमा रहेको प्रदेश सभा बैठकमा आज बिहीवार भएको मत विभाजनमा मुख्यमन्त्री गिरीले बहुमत सांसदको मत पाउनुभएको हो ।

नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका गिरीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी ५७ जना सांसदले मत दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले गिरीको विपक्षमा मतदान गरेका छन् ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेका छन् । गिरी गएको पुस २७ गते ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया