भाद्र ३, २०८३ बुधबार August 19, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासकाे मत

नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले गिरीको विपक्षमा मतदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।

दाङको देउखुरीमा रहेको प्रदेश सभा बैठकमा आज बिहीवार भएको मत विभाजनमा मुख्यमन्त्री गिरीले बहुमत सांसदको मत पाउनुभएको हो ।

नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका गिरीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी ५७ जना सांसदले मत दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले गिरीको विपक्षमा मतदान गरेका छन् ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेका छन् । गिरी गएको पुस २७ गते ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा
२०८३ भाद्र ३, बुधबार
रास्वपा सांसदले छठ पछाडी पिटाई खाने अमरेश सिंहको दाबी
२०८३ भाद्र ३, बुधबार
कर्णालीमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटसहित ६ बुँदे सहमति (पूर्णपाठ)
२०८३ भाद्र ३, बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
२०८३ भाद्र ३, बुधबार
प्रेस काउन्सिलका चार सदस्यको शपथ
२०८३ भाद्र ३, बुधबार
अदालतको आदेश पछि इमरान खानलाई अदालत सारिदैँ, नौ महिना पछि भेटिन बहिनीले
२०८३ भाद्र ३, बुधबार
स्पेनिश कप्तान रोड्री ४ बर्षका लागि ६५ मिलियनमा बार्सिलोनामा अनुबन्ध
२०८३ भाद्र ३, बुधबार