असार १९, २०८२ बिहिबार July 3, 2025

कोरोना संक्रमित धमाधम निको भएर घर फर्किंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

काठमाण्डौः कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू निको भएर धमाधम घर फर्किन थालेका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका चार जना निको भएर घर फर्किसकेका छन् । पछिल्ला दुई दिनमा घर फर्किनेको संख्या तीन रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई, धौलागिरी अस्पतालका एक र सेती प्रादेशिक अस्पताल धनगढीबाट दुई जना निको भएर घर फर्किएका हुन् । तीमध्ये दुई पुरुष र दुई महिला छन् ।

पछिल्लोपटक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ३६ वर्षीय राज विक १६ दिनको अस्पताल बसाइपछि आइतबार डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या चार पुगेको हो ।

हालसम्म पहिलो, दोस्रो, छैटौं र नवौं संक्रमित निको भएर घर फर्किएका हुन् । अन्य २७ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका हुन् । २२ चैतमा कोरोना पोजेटिभ देखिएपछि उनी सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए ।

यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र धौलागिरी अस्पतालबाट ६५ वर्षीया मनकुमारी पौडेल डिस्चार्ज भइसकेका छन् ।

चीनको वुहान सहरबाट नेपाल फर्किएका ३२ वर्षीय पुरुष सरुवा रोग अस्पतालबाट गत माघ तेस्रो साता पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १, पाटन अस्पतालमा २, भरतपुर अस्पतालमा २, बागलुङमा १, धनगढीमा र वीरगन्जमा ४–४ र विराटनगरमा १३ जना संक्रमितको उपचार भइरहेको जानकारी प्रवक्ता डा. देवकोटाले दिए ।

यस्तै, कोरोना भाइरस संक्रमणको आशंकामा देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा बस्दै आएका छन् । संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकाहरूको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किने क्रम सुरु भएको छ । राजधानी दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसको कुस्र्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु
२०८२ असार १९, बिहिबार
पोर्चुगलका पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दर्ता
२०८२ असार १९, बिहिबार
हामी सबैको लक्ष्य समृद्ध प्रदेश निर्माण : मुख्यमन्त्री लामा
२०८२ असार १९, बिहिबार
प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन
२०८२ असार १९, बिहिबार
सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त
२०८२ असार १९, बिहिबार
आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य
२०८२ असार १९, बिहिबार
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
२०८२ असार १९, बिहिबार