जनकपुरधाम । धनुषामा एक जना जनप्रतिनिधिको र्यापिड टेस्ट पोजेटिभ आएको हो ।
भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएकोले उनको स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित्त प्रमुख डा। जामुन सिंहले जानकारी दिएका छन् ।
वडाध्यक्षको आरडीटी रिपोर्ट पोजेटिभ आएकोले उनको स्वाब लिई परीक्षण गर्ने तयारी भएको डा. सिंहले बताएका छन । वडाध्यक्ष मधुमेहका बिरामी समेत हुन् । उनको पिसिआर टेष्टका लागि स्वाब लिईसकेपछि अस्पताल नजिकै रहेको क्वारेन्टाईनमा राखिने उनले बताएका छन ।
नेपालमा कोरोना भाइरसका कारण लकडाउन लागू भईसकेपछि उनी भारत बिहारको मधुवनीमा १ महिना बसी आफ्नो गाउँ फर्केका थिए ।
भारतबाट फर्केका उनलाई स्थानीयहरुको दबाबपछि गत चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया