कार्तिक १६, २०८२ आइतबार November 2, 2025

विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो

ताखा खोलिएपछि विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिमा विद्यार्थीले लगाएको ताला खोलिएको छ । गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र/छात्राले पुस ५ गते लगाएको ताला सोमबार खोलिएको हो ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम कार्की, वडाध्यक्ष अनिश कार्की, व्यवस्थापन समिति, शिक्षक अभिभाबक संघ, अभिभाबक लगायतको छलफलबाट सहमती जुटाएर विद्यालयको ताला खोलिएको हो । ताखा खोलिएपछि विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु भएको वडाध्यक्ष कार्कीले बताए ।

हिउँदे बिदा सकिएर बिद्यालय खुल्दासम्म पनि उपस्थित नहुने प्रअ यादव, शिक्षक रञ्जन नेपाल, अम्बिरलाल ठाकुर, जिबछ यादब र बदन हास्दालाई वडा शिक्षा समितिले तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको वडाध्यक्ष कार्कीले बताए । पटक–पटक विद्यालयमा लापरबाही गरेकाले प्रधानाध्यापक यादबलाई भने कारबाहीका लागि सिफारिस गरिएको छ । कसैलाई जानकारी नगराइ र लिखित रुपमा निमित्त प्रधानाध्यापक नदिइ विद्यालयबाट पटक–पटक बेखबर बनेकाले यादवमाथि कारबाहीको लागि सिफारिस गरिएको हो ।

वडा शिक्षक समितिले गरेका कतिपय निर्णय पालना नगरेको प्रअ यादवमाथि आरोप छ । प्रधानाध्यापक र शिक्षकलाई नगरपालिकाबाट पनि स्पष्टीकरण सोधिने शिक्षा शाखा प्रमुख कार्कीले बताए । प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको प्रतिक्रिया दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक
२०८२ कार्तिक १६, आइतबार
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलको एकता सहमति : चुनाव चिह्न पाँचकुने ‘तारा’
२०८२ कार्तिक १६, आइतबार
महेश बस्नेतको नेतृत्वमा एमालेको ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा
२०८२ कार्तिक १६, आइतबार
राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जानुहुँदै
२०८२ कार्तिक १६, आइतबार
युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग
२०८२ कार्तिक १६, आइतबार
मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की
२०८२ कार्तिक १६, आइतबार
पथरीशनिश्चरे गोल्डकप : आयोजक पथरी–११ सेमिफाइनमा
२०८२ कार्तिक १६, आइतबार