वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

सरकारी वेबसाइटमा फ्रान्स, जर्मनी, इटली र इजरायलबाट साइबर आक्रमण

फ्रान्स, जर्मनी, इटली, इजरायल लगायतका देशबाट डीएनएस तहको आक्रमण ‘डिडक्स अट्याक’ भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल सरकारका वेबसाइट फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ । डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका थिए।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले फ्रान्स, जर्मनी, इटली, इजरायल लगायतका देशबाट डीएनएस तहको आक्रमण ‘डिडक्स अट्याक’ भएको जानकारी दिए।

“यो विभिन्न स्थानका धेरै कम्प्युटरलाई आफ्नो कब्जामा लिएर त्यहाँबाट गर्ने साइबर आक्रमण हो,” उनले भने उनका अनुसार यस साइबर आक्रमणबाट सर्भरमा कुनै क्षति भएको छैन। उनले केही घण्टा जीओभी डट कम डट एनपी डोमेनका सरकारी साइटमा सेवा अवरुद्ध भएको र अहिले सबै कुरा केन्द्रको नियन्त्रणमा आइसकेको बताए ।

उनले साइबर आक्रमण भएपछि जस्तो बलियो होस्टिङ र सेवा पनि डाउन हुने बताए। “यस्तो आक्रमण संसारभर नै आएको हो। एसियाको १० प्रतिशत साइबर आक्रमण नेपालमा आइरहेको तथ्याङ्कले देखाउँछ,” उनले भने। यस्ता समस्या आगामी दिनमा आउन नदिन केन्द्रमा दक्ष प्राविधिक जनशक्ति थप गर्ने, प्रविधि अपग्रेड गर्नेलगायतका विषयमा उच्च तहमा विज्ञहरूसँग सल्लाह भइरहेको उनले जानकारी दिए।

“हामीले सङ्घीय, प्रदेश र स्थानीय सरकारका वेबसाइट होस्टिङ गरिरहेका छौँ। दैनिक १०/२० वटा वेबसाइट होस्टिङका लागि हामी कहाँ आइरहेका हुन्छन्। हामीले हाल करिब एक हजार पाँच सय वेबसाइट सञ्चालन गरिरहेका छौँ,” उनले भने।

बढ्दो अनलाइन सिस्टमको प्रयोग (ट्राफिक)का कारण विद्यमान स्रोत, साधन र प्राविधिक जनशक्ति बढाउनुपर्ने अवस्था रहेको उनले बताए। “विश्वमा प्रयोगमा रहेका नयाँ प्रविधि, फायरवाल र सफ्टवेयर एप्लिकेसनको प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ। सर्भरको सुरक्षा प्रणाली अझ मजबुत बनाउनेतर्फ लागिरहेका छौँ,” उनको भनाई छ ।

शनिबार दिउँसो करिब १२ः३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट ४ः३० बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएका थिए। त्यसपछि बेलुका करिब ५ः३० बजेदेखि मात्र अधिकांश वेबसाइट सञ्चालनमा आएका थिए। गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार