वैशाख २४, २०८१ सोमबार May 6, 2024

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि : सभामुख घिमिरे

नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका लागि प्राणको आहुति दिने चार शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सो धारणा राख्नुभएको हो । “नेपाली जनताको अधिकार प्राप्तिको सङ्घर्षमा चार शहीदको योगदानको म उच्च प्रशंसा गर्न चाहन्छु”, घिमिरेले भन्नुभएको छ, “उहाँहरुकै कारण आज हामीले नागरिक स्वतन्त्रताको उपयोग गर्न पाएका छौँ ।”

घिमिरेले नेपालमा मूलतः राजनीतिक सङ्घर्षको समय सकिएर विकास र समृद्धिको समय आएको पनि सो सन्देशमा बताउनुभएको छ । उहाँले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसके मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार